लिभरपूलको लागि प्रिमियर लिगले गोल्डन ट्रफीको योजना बनाउँदै

लिभरपूलले अपराजित रहेर लिग जिते विशेष गोल्डन ट्रॉफी दिने प्रिमियर लिगले विचार गरिरहेको खबर छ।

डेली मेलको अनुसार प्रिमियर लिगले रेडसले उक्त उपलब्धि हासिल गरे कसरी उपाधि दिने बारेमा अनौपचारिक छलफल गरेको छ।

यो दाबी गरिएको छ कि सिजनको अन्त्यमा योजनाबद्ध घोषणाको साथ उपलब्धिलाई चिह्नित गर्न विशेष गोल्डन ट्रफी लिभरपूललाई दिने सम्भावनाको बारेमा प्रिमियर लिगले कुरा गरेका छन्।

आर्सेनलले ऐतिहासिक २००३/०४ को सिजनमा गोल्डन ट्रफी जितेको थियो।

आर्सेनलले आफ्नो उपलब्धि चिह्न अनुरुप मुख्य प्रिमियर लिग ट्राफीको सानो सुनौलो प्रकार पनि प्राप्त गरेको थियो।

त्यसमा आर्सेनलले जितेको, ड्र र हारेको रेकर्डहरु कुँदिएको थियो र २०१८ मा लिजेन्ड्री म्यानेजरको बिदाइ भए पछि पार्टिसिंग गिफ्टको रूपमा आर्सेन वेंगरलाई हस्तान्तरण गरिएको थियो।