“लिभरपूलको लागि कसैले दुःख मान्नु पर्दैन”

एफए कपमा लिभरपुल चेल्सी संग हारे पछि जर्जेन क्लोपले भने कि “लिभरपूलको लागि कसैले दुःख मान्नु पर्दैन”।

उक्त परिणामले लिभरपूलको अन्तिम चार खेलबाट तीन हार पुगेको छ।

रेड्सले अर्को हप्ता च्याम्पियन्स लिगमा एटलेटिको म्याड्रिडको सामना गर्नेछन्, तर क्लोपले जोर दिए कि उनी शनिबार एनफिल्डमा बोर्नेमाउथसंग हुने खेलको बारे मात्र इच्छुक छन्।

चेल्सी संगको हार पछि बोल्दै उनले भने: “हामी एटलेटिको म्याड्रिडको खेल बारे बोल्ने रुचि राख्दैनौं, मेरो चासो अहिले बोर्नेमाउथको बारेमा छ।

“हाम्रो खेलाडीहरुले भएका सबै दिएर लडिरहेका छन् र उनीहरूले चेल्सीको बिरूद्ध राम्रो प्रदर्शन गरे। कोहि पनि दुःखित हुन पर्दैन, हामी फुटबल खेल जित्नेछौं र हामी शनिबार यहि गर्न चाहन्छौं “।

चेल्सी संग २-० हारे पछि रेड्स एफए कपबाट नकआउट भएको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ