रियल म्याड्रिड लिभरपूलका स्टार स्ट्राइकर सादियो मानेसँग वार्तामा रहेको खबर छ।
मिररका अनुसार रियलले मानेका प्रतिनिधिहरूलाई भनेका छन कि रियल सेनेगाली स्टारको लागि तयार छन्। आउँदो ट्रान्सफर विन्डो खुल्दा लस ब्लान्कोसले उनको लागि प्रस्ताव राख्ने खबर छ ।
Real Madrid ‘tell Sadio Mane they want to sign him this summer’ https://t.co/GqGJEiUGJh pic.twitter.com/VAn4sXBxRT
— SportsGridUK (@Sportsgriduk) March 14, 2020
म्याड्रिडले आउँदै विन्डोलाई आफ्नो टिमको शक्ति बढाउन विकल्पहरु साइन गर्ने अवसरको रूपमा पहिचान गरेका छन्।
जिदान हाल आफु संग रहेको विकल्पमा असन्तुष्ट रहेका छन्।
आउँदो गर्मीमा म्याड्रिडले उनलाई साइन गर्न स्ट्राइकरका प्रतिनिधिहरूसँग सम्पर्क राखेका छन् र एनफिल्डमा उनको प्रदर्शनमा स्पेनी क्लबले धेरै प्रशंसा गरेको छ।
Real Madrid 'plotting sensational £140m summer swoop for Sadio Mane and have already spoken with Liverpool star's agents' pic.twitter.com/nQRF9Scpnj
— Football MailOnline (@MailFooty) March 15, 2020
मानेको हालको सम्झौतामा तीन बर्ष बाँकी छ, तर म्याड्रिड विश्वस्त छन् कि उनीहरूले स्टारलाई जर्जेन क्लोपको पक्षबाट £१५० मिलियनको राम्रो मूल्यमा साइन गर्न सक्नेछन्।