लिभरपूलका स्टार स्ट्राइकरको लागि £७५ मिलियन तिर्न तयार बायर्न म्युनिख

बायर्न म्युनिख लिभरपूलका स्टार स्ट्राइकर रोबर्टो फिर्मीनोलाई जर्मनीमा फिर्ता गर्न उत्सुक छन्।

डेली एक्सप्रेसका अनुसार फिर्मिनोले सम्भावित ग्रीष्मकालीन ट्रान्सफर विन्डोमा लिभरपूल छोड्ने छन् र बायर्न म्युनिख उनलाई साइन गर्न इच्छुक छन्।

बुन्डेस्लिगा च्याम्पियन बायर्न म्युनिख लिभरपूलका स्टारको लागि £७५ मिलियन तिर्न तयार रहेको खबर छ, ब्राजिलियन स्ट्राइकर संग जर्मनीमा खेल्ने राम्रो अनुभव रहेको छ,लिभरपूल आउने अगाडी उनि बुन्डेस्लिगाका होफिनहाइमबाट खेल्ने गर्थे।

बायर्न ले लिभरपूलले आरबी लाइपजिगका स्ट्राइकर टिमो वर्नरको साइन गरे उक्त अवस्थाको फाइदा लिदै फिर्मीनोलाई साइन गर्ने आशा गरिरहेको खबर छ।

रेडसले उनलाई बेच्न इन्कार गर्ने सक्ने छ किन भने फिर्मीनो रेडसका लागि एक महत्त्वपूर्ण खेलाडी बनेका छन् ।