लिभरपूलका स्टार साइन गर्न रियल ‘ठुलो’ रकम खर्च गर्न तयार

रियाल म्याड्रिड लिभरपुलका स्टार सादियो मानेलाई साइन गर्न ठुलो रकम खर्च गर्न इच्छुक रहेको खबर छ।

खबर अनुसार रियल म्याड्रिडका कोच जिदान सेनेगलका स्टारको ठुलो प्रशंसक हुन्, र उनलाई रियालमा भित्राउन उनले ठुलो रकम खर्च गर्न सक्ने छन् ।

मानेको हालको तलब प्रति हप्ता £१५०,००० छ र लिभरपूल संग उनको सम्झौता २०२३ सम्म रहेको छ।

उनका प्रतिनिधिहरू सम्भव कदमको लागि अनौपचारिक वार्ताको लागि रियल संग सम्पर्कमा छन।