लिभरपूलका स्टार मिडफिल्डर जर्जिनियो विज्नाल्डमले सिजनको अन्त्यमा क्लब छोड्ने छन् र उनको गन्तव्य बार्सिलोना हुने खबर छ।
Gini Wijnaldum has decided he wants to leave Liverpool and join Barcelona at the end of the season, according to the Mirror 👋 pic.twitter.com/q3XRTRE1E4
— Goal (@goal) January 16, 2021
मिडफिल्डरको सम्झौता क्लब संग अन्त्य हुने क्रममा रहेको थियो र दुई बीच सम्झौता विस्तारको वार्ता सफल हुन नसक्दा सिजनको अन्त्यमा उनले क्लब छोड्ने खबर छ र उनि आफ्नो मनपर्ने क्लब बार्सा जान तयार छन्।
बार्सिलोनाले यो सिजन सुरु हुने अगाडी उनलाई साइन गर्ने प्रयास गरे पनि लिभरपूल र बार्सा बीच कुरा सफल नभएको थियो तर सो समय नै ‘जिनी’ विज्नाल्डम बार्सा जान इच्छुक थिए।
डच मिडफिल्डर साइन गर्न कोम्यान पनि धेरै इच्छुक रहेका थिए भने अब लिभरपूलको साथ उनको सम्झौता अन्त्य भए पछु विज्नाल्डम फ्री एजेन्टको रुपमा बार्सा जान सक्ने छन्।
Georginio Wijnaldum has decided he will leave Liverpool for Barcelona. The midfielder has rejected his latest contract offer and will join the Spanish giants for free in the summer. (Source: Daily Mirror) pic.twitter.com/Tx1CoJmetj
— Transfer News Live (@DeadlineDayLive) January 16, 2021
लिभरपूल आफ्नो स्टार मिडफिल्डरलाई क्लबमा राख्न इच्छुक रहे पनि उनको माग पुरा गर्न असफल रहेका छन् तर लिभरपूलले उनको विकल्पमा थिएगो अल्कान्ट्रा भित्राएका छन्।