लिभरपुलका युवा कर्टिस जोन्सले आइतबारको एफए कपको तेस्रो राउन्डमा एभर्टनको बिरूद्ध निकै उत्कृष्ट गोल गर्दै लिभरपुललाई खेल जित्न मदत गरे।
१८ बर्षेका युवाले ओरिगीबाट बललाई एभर्टनको डि बकस बाहिर प्राप्त गरे, उनले एक टच लिए र त्यसपछि जोर्डन पिकफोर्डको पोस्टमा निकै उत्कृष्ट प्रहार गरे।
No words. #EmiratesFACup pic.twitter.com/Mqxgt3fqLn
— The Emirates FA Cup (@EmiratesFACup) January 5, 2020
लिभरपूलले उक्त खेलमा आफ्नो प्रतिद्वन्द्वी बिरूद्ध युवा टिम खडा गरे, युवा स्ट्राइकर जोन्सले आफ्नो प्रतिभा देखाए र लिभरपुललाई अर्को राउन्डमा पुग्न मदत गरे।
जर्जेन क्लोपले पनि युवा स्ट्राइकरको शानदार हिटमा आफ्नो उत्साह देखाए।
Klopp loved that one. 😂 pic.twitter.com/isVzlbTDjn
— – (@EnRouteAnfield) January 5, 2020