लिभरपूलका डिफेन्डरले रोनाल्डोको अनुपस्थितिको मजाक उडाए पछि

लिभरपूल डिफेन्डर भर्जिल भ्यान डाइकले युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डो बलोन दि’ओर गालामा अनुपस्थित भएकोमा मजाक उडाएका थिए ।

बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले बलोन दिओर जिते र रोनाल्डो तेस्रो स्थानमा रहेका थिए भने लिभरपूलका डिफेन्डर दोस्रो स्थानमा रहे।

३४ बर्षेका स्टार पेरिसमा उक्त समारोहमा भाग लिएनन र रेड कार्पेटको अन्तर्वार्ता, भ्यान डाइकलाई क्रिस्टियानोको अनुपस्थिति बारे प्रस्न गर्दा “किन, उनि जित्नको लागि उम्मेद्वार थिए र ?” भनेर डच स्टारले मजाक गरे।

भ्यान डाइकको उक्त मजाकले धेरै रोनाल्डो फ्यानहरु आक्रोशित भएका थिए भने रोनाल्डोका दीदिले भ्यान डाइक बिरुद्ध सामाजिक संजाल पोस्ट गरे।