“लिभरपुल हार्न योग्य”

योर्गन क्लोपले अटलान्टाबिरुद्ध आफ्नो टिमले अविश्वसनीय खेल खेलेको, तर अन्ततः लिभरपूल ‘एक योग्य हार’ ब्योहोरेको बताए।

लिभरपूलले केही हप्ता अघि बर्गामोमा ५-० को जित हासिल गरेका थिए। यद्यपि, गए रातीको खेलमा लिभरपुलबाट कुनै सत गोल पोस्टमा प्रहार दर्ता गरौन सकेनन। अन्ततः जोसेप इलिसिक र रोबिन गोसेनको गोलमा एट्लान्ता २-० ले जित्न सफल रहयो।

“यो राम्रो खेल थिएन। दुबै टोलीबाट, धेरै गोल सिर्जना गर्न सकेन, तर अन्तमा उनिहरुले गोल गरे, ”क्लोपले बीटी स्पोर्टलाई २-० को नतिजा पछि भने।

“गाह्रो खेलमा एक लायक हार थियो। रेफिले धेरै सीटी बजाएन र यसले दुबै पक्षका लागि अझ कठिन बनायो। यो अविश्वसनीय तीव्र गतिको खेल थियो र अब केही विश्रामहरूको आवश्यक छ।

“जब पहिलो हाफ समाप्त भयो, प्राय जसो खेलाडी खेलमा जमि सकेको हुन्छ, तर कुनै खेलाडि केही समय देखि नखेलेका कारण यस्तो तिव्र गतिको खेलमा खेल्न गाह्रो हुने गर्छ” क्लोपले भने।

लिभरपुललाई अर्को चराणमा पुग्न बाकी दुई खेल मध्ये कुनै एक खेल जित्नु पर्ने हुन्छ।