लिभरपुल विरुद्ध २-० जित हासिल गरे पछि एभरटन खेलाडीहरूले यसरी सेलिब्रेट गरे

शनिवार भएको मर्सिसाइड डर्बीमा लिभरपूलको विरुद्ध एभर्टनले ऐतिहासिक जीत हासिल गरेको थियो र आफ्नो चिर प्रतिद्वन्द्वी विरुद्धको जित पछि फ्यानहरू मात्र नभै खेलाडीहरू पनि धेरै खुसी थिए।

२-०को जित एभर्टनको लागि २२ वर्ष पछि एनफिल्डमा पहिलो जित रहेको छ। टोफिजले रिचार्लिसन र गिल्फी सिगरसनको गोलमा जित हासिल गरेको थियो।

उक्त जित पछि एभरटनका खेलाडीहरू धेरै खुसी थिए र एभरटनका खेलाडीहरूले जित पछि एनफिल्ड ड्रेसिङ रुममा सेलिब्रेट गरेको भिडियो भाइरल हुँदै गएको छ।

जित पछि एभरटनका कोच पनि धेरै खुसी देखिन्थे। लिभरपूलको खराब प्रदर्शन भने जारी रहेको छ। स्टार खेलाडीहरू चोट ग्रसित भए पछि लिभरपूलको प्रदर्शनमा निकै गिरावट आएका छ।