लिभरपुल विरुद्ध पेनाल्टी दिन रेफ्रीले राम्रो सँग भिएआर नहेरेको आरोप

शनिवार प्रिमियर लिगमा लिभरपुल एभरटन विरुद्ध २-०ले हार्न पुगेको थियो र खेलको ८३औ मिनेटमा पेनाल्टीको मद्दतमा एभरटनले आफ्नो अग्रता दोब्बर गरेको थियो तर हाल उक्त पेनाल्टी निर्णयको ’bout रेफ्रीले माथि आलोचना हुँदै गरेको छ।

-

उक्त पेनाल्टी पछि लिभरपुलका फ्यानहरूले रेफ्रीको निर्णयको आलोचना गरे भने लिभरपुल विरुद्ध पेनाल्टी दिन रेफ्रीले राम्रो सँग भिएआर नहेरेको आरोप लगाए।

खेलको ८३औ मिनेट केही विवादास्पद रहेको थियो एभरटनका डोमिनिक कलवर्ट-लेविन बल अगाडी लाग्ने क्रममा डि-बक्समा लडे र उनी माथि लिभरपुलका ट्रेंट अलेक्ज्याण्डर-अर्नोल्डको फाउल रहेको भनेर रेफ्रीले एभरटनलाई पेनाल्टी दिए भने सो घटना रेफ्रीले भिएआर पनि हेरे।

डोमिनिक कलवर्ट-लेविन माथि लेक्ज्याण्डर-अर्नोल्डको फाउल नरहेको लिभरपुल फ्यानहरूको विश्वास रहेको छ र लिभरपुल विरुद्ध पेनाल्टी दिन रेफ्रीले राम्रो संग भिएआर नहेरेको आरोप लगाएका छन्

लिभरपुलका फ्यानहरूले सामाजिक सञ्जाल मार्फत रेफ्री क्रिस कभनागको आलोचना गरे।