लिभरपुल विङ्गर फ्रान्सेली क्लबमा आवद्ध

एजेन्सी, फ्रान्सेली क्लब लियोनले लिभरपुलसंग विङ्गर साकिरी भित्र्याउन सहमति भएको छ । उनि ९.५ मिलियन पाउन्डमा लियोम जान लागेका हुन ।

स्विटजर्ल्याण्डका विङ्गरले युरो कप २०२० मा उत्कृष्ट प्रदशन गरेका थिए ।

उनको मेडिकल जाच भए पछि सबै प्रक्रिया पुरा गरे पछि लियोनसंग आबद्ध हुनेछ ।

२९ बर्षिय साकिरी आफ्नो राष्ट्रका लागि ९६ खेल खेलिसकेको छ ।

उनले बायर्न म्युनिख, इन्टर मिलान, स्टोक सिटि र लिभरपुल जस्ता क्लबबाट खेलिसकेका छन ।