लिभरपुल र रियल म्याड्रिड १९ वर्षका स्टार गोलकिपर साइन गर्ने दौडमा

लिभरपुल र रियल म्याड्रिड बेल्जियमको क्लब केआरसी हेन्कका १७ वर्षका स्टार गोलकिपर साइन गर्ने दौडमा रहेको खबर छ।

बेल्जियमका गोलकिपर मार्टेन भान्डेभर्ड्ट माथि धेरै प्रीमियर लिग क्लबहरूको चासो रहेको जानकारी छ भने लिभरपुल र रियल म्याड्रिडको नजर उनी माथि धेरै समय देखि रहेको छ।

मार्टेन भान्डेभर्ड्ट १७ वर्ष हुँदा उनले च्याम्पियन्स लिग खेल्ने सबैभन्दा कान्छो गोलकिपरको रेकर्ड बनाएका थिए। हाल उनी १९ वर्षका छन् र उनको खेल बेल्जियमको लिगमा निकै राम्रो रहेको छ।

 

आउँदो गर्मीको ट्रान्सफर विन्डोमा लिभरपुलले उनलाई साइन गर्न प्रयास गर्ने खबर छ भने रियल म्याड्रिडले पनि उनी माथि आफ्नो निगरानी राखेको चर्चा छ।