लिभरपुल र चेल्सी प्रतिभाशाली २० वर्षका युवा खेलाडी साइन गर्ने होडमा

लिभरपुल र चेल्सी लिलका प्रतिभाशाली स्ट्राइकर भिक्टर ओसीमहेनको सम्भावित स्थानान्तरणमा रुचि राख्ने क्लबहरू मध्ये एक बनेका छन्।

२० वर्षका युवाले लिग १ मा उत्कृष्ट सफलताको मजा लिदै छन्, उनका १२ रेकर्ड गोल र तीन अस्सितले अहिलेसम्म ठूला क्लबहरू सतर्कमा बनेका छन् ।

स्काई स्पोर्ट्सका अनुसार लिभरपूल र चेल्सी मुख्य क्लब हो जो ओसीमहेनको हस्ताक्षरका लागि प्रतिस्पर्धा गर्दै छन् र अर्को प्रिमियर लिग टोली, टोटनह्याम पनि उक्त प्रतिस्पर्धामा भाग लिन सक्छन ।

देखिन्छ कि नाइजेरियाका अन्तर्राष्ट्रिय स्ट्राइकर कुनै पनि क्लबहरूको लागि राम्रो दीर्घकालीन खरीद हुनसक्छन्, यस सिजन चेल्सीलाई अझ विशेष आक्रामक खेलाडीको खाचो रहेको छ र भिक्टर चेल्सीको लागि राम्रो विकल्प बन्न सक्ने छन् ।

ब्लूजले यस अवधिमा ट्यामी अब्राहममा धेरै निर्भर रहेको छ, र पक्कै पनि उनको लागि चेल्सीले लिभरपुल संग कडा प्रतिस्पर्धा गर्न पर्ने छ।