इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल बराबरीमा रोकिएको छ ।
शनिबार भएको मर्सिसाइट डर्बीमा लिभरपुल १० खेलाडीमा सिमित एभर्टनसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
एभर्टनको मैदानमा दुई पटकको अग्रता जोगाउन नसक्दा लिभरपुल बराबरीमा रोकिएको हो ।
खेलको तेस्रो मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई १-० को अग्रता दिलाएका थिए ।
खेलको १९ औं मिनेटमा माइकल किनले गोल गर्दै एभर्टनलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ७२ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए ।
तर, खेलको ८१ औं मिनेटमा डोमिनिक लेविनले गोल गर्दै एभर्टनलाई हारबाट जोगाए ।
यस्तै खेलको ९० औं मिनेटमा रिचार्लीसनले रातो कार्ड पाउँदा एभर्टन १० खेलाडीमा समेटिएको थियो ।
त्यसपछि खेलको इन्जुरी समयमा लिभरपुलका जोर्डन हेन्डरसनले गोल गरेका थिए ।
तर, भीएआरको सहयोगमा लिभरपुलका माने अफसाइड देखिदा हेन्डरसनको गोलले मान्यता पाएन ।
एभर्टनसँग बराबरीमा रोकिएपनि लिभरपुल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
लिभरपुलले ५ खेलमा १० अंक जोडेको छ ।
एभर्टनको यो पहिलो बराबरी हो । अघिल्ला ४ खेलमा अपराजित एभर्टनले ५ खेलमा १३ अंक जोडेको छ ।
एभर्टन तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ ।