लिभरपुल बिरुद्ध जित हासिल गरे पछि यसरी भावुक भए साउथह्याम्प्टनका कोच

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल बिरुद्ध साउथह्याम्प्टनले जित हासिल गरे । सोमबार राति भएको खेलमा लिभरपुल साउथह्याम्पटनसँग १-० गोल अन्तरले पराजित भएको थियो र सो जितबाट साउथह्याम्प्टनका कोच राल्फ हासेनह्त्ल निकै नै भावुक भए।

खेल अन्त्य भए पछि जित संग साउथह्याम्प्टनका कोच निकै खुसी थिए कि उनि टचलाइनमा उनि आफ्नो घुँडामा थिए र उनको आँखामा आँसु पनि देख्न सकिन्थ्यो।

राल्फ हासेनह्त्लको यो लिभरपुल बिरुद्ध पहिलो जित थियो र उनि जित पछि भावुक भए। उनको सो भिडियो हाल धेरै भाइरल हुदै गएको छ र उनको खेल प्रतिको जोश र मायाको धेरै प्रसंसा हुदै गरेको छ।

लिभरपुलले १७ खेलमा ३३ अंक जोडेको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडसँग अंक बराबर भएपनि लिभरपुल शीर्ष स्थानमा रहेको छ । साउथह्याम्पटन भने छैटौं स्थानमा उक्लिएको छ । साउथह्याम्पटनले १७ खेलमा २९ अंक जोडेको छ ।