लिभरपुल बराबरीमा रोकियो

एजेन्सी, प्रिमिएर लिग अन्तर्गत लिभरपुल र न्यु क्यासल युनाईटेड बिचको खेल बराबरीमा सकिएको छ।

सुरुवाती अग्रता जोगाउन नसक्दा लिभरपुल बराबरीमा रोकिन पुग्यो।

खेल सुरु भएको ३ मिनेटमा मो सालाहले उत्कृष्ट भली मार्फत लिभरपुललाई खेलमा अग्रता दिलाए।

न्यु क्यासलले २१ औं मिनेटमा गोल फर्काए तर रेफ्रिले गोललाई मान्यता नदिदा लिभरपुल पहिलो हाफमा १ गोलको अग्रता बनायो।

खेलमा दुबै टोलिबाट राम्रो श्रीजना गरे पनि निर्धारित समयमा गोल हुन नसक्दा खेल लिभरपुलले जित्ने आकलन गर्न सकिन्थ्यो।

अतिरिक्त समयमा क्यालुम विल्शनले बराबरी गोल फर्काए उक्त गोललाई भिएआरले रद्द गरिदिए। त्येस्को केही मिनेट पछि विल्लकले गोल गर्दै खेल १-१ गोलको अवस्थामा पुराए।

यो बराबरीसंगै लिभरपुललाई च्याम्पियन्स लिग दौडमा धक्का पुगेको छ।