लिभरपुल ठुलो समस्यामा

लिभरपुलका फरवार्ड मोहमद सलाहलाई कोरोना संक्रमण भए पछि लिभरपुल समस्यामा परेको छ । इजिप्टको फुटबल एसोसिएसनले सलाहलाई कोरोना पुष्टि भएको जानकारी दिएको छ ।

हाल इजिप्टको अन्तर्राष्ट्रिय टिमसँग रहेका सलाह कोरोना पुष्टि हुनासाथ सेल्फ आइसोलेसनमा रहेको एसोसिएसनले जानकारी गराएको छ ।

एसोशियसनले सलाहलाई कुनै लक्षण नभएको भन्दै टिमका अन्य सदस्यको भने रिपोर्ट निगेटिभ आएको जानकारी दिएको छ ।

सलाह अहिले मेडिकल प्रोटोकल अनुसार नै डाक्टरको निगरानीमा रहेको एसोसिएसनले बताएको छ ।

सलाहलाई कोरोना पुष्टि भएपछि लिभरपुललाई थप धक्का लागेको छ । लिभरपुल डिफेन्डर भिगिल भान डिक, ट्रेन्ट अलेक्जेन्डर अर्नोल्ड र जो गोमेज सबै इन्जुरीका कारण टिम बाहिर रहेका छन् ।

सुरुवाती ११ मा खेल्ने अधिकतम डिफेन्सका साथ अहिले सालाहलाई कोरोना पुष्ठि भएपछि लिभरपुल समस्यामा परेको छ ।