प्रिमियर लिग क्लब लिभरपुल आफ्नो स्टार फोवार्ड मोहम्मद सालाहलाई बेच्न तयार हुने जानकारी छ।
२०१७मा एएस रोमाबाट लिभरपुलमा आएका सालाह पछिल्लो ६ वर्ष लिभरपुलको लागि एक महत्त्वपूर्ण खेलाडीको रूपमा रहे पनि यो सिजन उनको फम राम्रो रहेको छैन भने यो सिजनको अन्त्य पछि उनलाई बेच्न प्रिमियर लिग क्लब लिभरपुल खुल्ला हुने जानकारी छ।
🥉| Liverpool would be open for selling Mo Salah for £70m at the end of the season with Jurgen Klopp concerned about his downturn in form. PSG are keen on the forward. [@cmercatoweb] pic.twitter.com/V6NTkk4Ymc
— Anfield Edition (@AnfieldEdition) January 23, 2023
लिभरपुलले सालाह सँग २०२२मा मात्र सम्झौता विस्तार गरेका थिए। क्लब सँग उनको नयाँ सम्झौता २०२५ सम्म रहे पनि सिजनको अन्त्य पछि उनलाई बेच्न लिभरपुल तयार हुने सक्ने जानकारी छ।
लिभरपुलको लागि मो सालाहले २८३ खेल खेल्दै १७३ गोल र ६९ असिस्ट गरेका छन् भने उनले रेड्सलाई एक च्याम्पियन्स लिग र एक प्रिमियर लिग उपाधि जित्न मद्दत गरेका छन् तर यो सिजन उनको फम राम्रो हुन सकेको छैन।
उनको नाम धेरै समय देखि ला लिगा क्लब रियल म्याड्रिड र बार्सिलोना सँग जोडिएको छ भने उनलाई बेच्न लिभरपुल तयार हुन सक्ने चर्चा रहेको बेला रियल म्याड्रिड र बार्सिलोनाको निगरानी उनको अवस्थामा हुने खबर छ।