लिभरपुल आफ्नो गोलकिपरका लागि खरिदकर्ताको खोजीमा

एजेन्सी, इङलिस क्लब लिभरपुल आफ्नो जर्मन गोलकिपरका लोरिस कारियुसका लागि खरिदकर्ताको खोजीमा लागेको छ। रिपोर्टका अनुसार कारियुस २०२२ सम्मका लागि मात्र लिभरपुलमा अनुबन्ध रहेेेकाले र त्यसपछि उनी फ्री ट्रान्सफरमा अरु क्लब जान सक्ने भएकाले लिभरपुल यो ट्रान्सफर सिजन कारियुसका लागि खरिदकर्ताको खोजीमा रहेको हो।

उनले २०१७/१८ को च्याम्पियनस लिग फाइनलमा रियल मड्रिड विरुद्ध खराब प्रदर्शन गरे पछि उनी ठुलो आलोचनामा परेका थिए। उनको यहि खराब प्रदर्शनका कारण पनि उनी लोनमा जानू परेको थियो। कारियुसले २०१८ देखि २०२० सम्म दुई सिजन टर्कीस क्लब बेसिक्टास र २०२०/२१ एक सिजन जर्मन क्लब युनियन बर्लिनमा लोनमा बिताएका थिए।
२७ वर्षका जर्मन गोलकिपर कारियुसले लिभरपुलका लागि ४९ खेल खेलेका छन्। उनी २०१६ मा जर्मन क्लब माइन्जबाट करिब ४.७५ मिलियन पाउन्डमा लिभरपुलमा अनुबन्धित भएका थिए। उनी लिभरपुलमा अनुबन्ध भए लगत्तै उनलाई १ नम्बरको जर्सी प्रदान गरिएको थियो।