लिभरपुल अर्को सिजन च्याम्पियन्स लिग खेल्दै

एजेन्सी, लिभरपुलले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने भएको छ। क्रीस्टल प्यालेससँग भएको यस् प्रेमियर लिग सिजनको अन्तिम खेल लिभरपुलले २-० ले जिति अंक तलिकाको तेस्रो स्थानमा रहेर अर्को सिजनको च्याम्पियन्स लिगका लागि आफ्नो स्थान सुरक्षित पार्न सफल भएको हो।

नेपाली समय अनुसार मे २३ राती ८:४५ मा शुरु भएको उक्त खेल लिभरपुलले २-० ले जितेको थियो। दुवै गोल सडियो मानेले गरेका थिए। लिभरपुलका भ्यान डाइक जस्ता महत्त्वपूर्ण खेलाडीहरु यो सिजन घाइते भएका कारण लिभरपुलले यो सिजन धेरै कठिनाइहरुको सामना गर्नु परेको थियो।
पहिलो स्थानमा म्यानचेस्टर सिटि दोश्रो स्थानको म्यानचेस्टर युनाइटेडसँग अंक तलिकामा भारी अंकले अगाडी रहेको कारण म्यानचेस्टर सिटिले यो सिजनको प्रेमियर लिग उपाधी केही दिन अगाडि नै सुनिश्चित पारी सकेको थियो। एस्टन भिलासँगको खेल २-१ ले हारेता पनि चेल्सी चौथो स्थानमा पर्न सफल भएको छ। लेस्टर सिटि भने टोटनह्यामसँग ४-२ ले पराजित भइ पाँचौ स्थानमा सिमित भएको छ।