लिभरपुलविरुद्ध चेल्सीको संघषपुर्ण जित

एजेन्सी, इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले साविक विजेता लिभरपुललाई पराजित गरेको छ ।

बिहीबार राति भएको खेलमा चेल्सीले लिभरपुललाई उसैको मैदानमा १-० गोल अन्तरले पराजित गरेको हो ।

एनफिल्डमा चेल्सीलाई जित दिलाउन मासन माउन्टले निर्णायक गोल गरे ।

खेलको ४२ औं मिनेटमा माउन्टले निर्णायक गोल गरेका हुन् । उनले कान्टेको पासलाई सदुपयोग गरे ।

त्यसअघि चेल्सीका लागि टिमो वेर्नरले २४ औं गोल गरेका थिए । तर, अफसाइड हुँदा उनको गोलले मान्यता पाएँन ।

जितसंगै चेल्सी लिगको चौंथो स्थानमा उक्लिएको छ ।

चेल्सीले २७ खेलमा ४७ अंक जोडेको छ ।

लिभरपुल ४३ अंक जोडेर सातौं स्थानमा रहेको छ ।