लिभरपुलले लिग जित्छ – एरिक्सन

इङ्ल्यान्डका पुर्व प्रशिक्षक स्भेन-गोरन एरिक्सनका अनुसार लिभरपुलले ३० बर्ष पछि प्रेमिएर लिग जित्ने विश्वाश ब्यक्त गरेका छन।

लिभरपूलले लिगको उपाधि पछिल्लो पल्ट १९९० मा जितेको थियो। अघिल्लो सिजन लिग जित्न नजिक पुगेका लिभरपुल १ अंकले गर्दा उपाधि चुक्न पुग्यो।

यद्यपि जुर्गन क्लोपको टिम जारी सिजन ८ अंक अगाडि रहेको छ दोस्रो स्थानको लेस्टर सिटी भन्दा र एरिक्सन आफु सानो उमेर देखी लिभरपुललाई समर्थन गरेको र यो सिजन जित्नेमा बिसोस्त छन।

“निश्चित रूपमा यो उनीहरूको वर्ष हुनेछ,” पूर्व इङ्ल्यान्डका प्रशिक्षक स्काई स्पोर्ट्स न्यूजलाई भने। “म लिभरपुल फ्यान हुँ। म सधैंभरि थिएँ,।

“क्लोपले उत्कृष्ट काम गर्दैछ। उनीहरूले धेरै राम्रो फुटबल खेलिरहेका छन्।

“म पूर्ण निश्चिन्त छु कि यो वर्ष लिभरपूलले प्रिमियर लिग जित्न सक्छ र केही समयको मात्र कुरा हो।

“उनीहरूले गत सिजन धेरै राम्रो खेलेका थिए। अवश्य पनि उनीहरूले च्याम्पियन्स लिग जितेका थिए तर उनीहरू अझ बढी परिपक्व देखिन्छन गर्छन्।

“उनीहरू आफुमा सबै भन्दा राम्रो भनेर विश्वाश गर्छन् र यदि खेलमा १-० ले पछाडि परेको अवस्थामा खेल उल्टाउने क्षमता छ उनीहरुमा।”