लिभरपुलले रियल म्याड्रिड सँग प्रतिस्पर्धा नगर्ने 

डर्टमन्डका युवा स्टार मिडफिल्डर जुड बेलिङ्घमलाई साइन गर्ने प्रतिस्पर्धाबाट प्रिमियर लिग क्लब लिभरपुल पछि हट्ने जानकारी छ।

धेरै समय देखि लिभरपुल युवा स्टार जुड बेलिङ्घमलाई साइन गर्ने योजनामा रहेको थियो तर हाल खबर अनुसार उनलाई साइन गर्न रियल म्याड्रिड सँग प्रतिस्पर्धा गर्न लिभरपुल अनिच्छुक हुँदै गएको छ।

२०२३मा जुड बेलिङ्घमलाई बेच्न डर्टमन्ड तयार रहेको छ र उनलाई साइन गर्न लिभरपुल धेरै इच्छुक रहेको थियो तर बेलिङ्घमलाई साइन गर्ने रियल मुख्य दाबेदार बने पछि लिभरपुल उक्त दौडमा पछि हट्दै उनको विकल्पको खोजीमा हुने जानकारी छ।

जुड बेलिङ्घमको खेल जर्मन लिगमा धेरै राम्रो रहेको छ जसको कारण धेरै क्लबहरूको नजर उनी माथि रहेको छ। ला लिगा क्लब रियल म्याड्रिडले उनलाई २०२३मा आफ्नो मुख्य प्राथमिकता बनाएको छ भने जुड बेलिङ्घमले पनि ला लिगा क्लब रियल म्याड्रिडको लागि खेल्ने आफ्नो इच्छा स्पष्ट गरेको बेला सो दौडबाट लिभरपुल पछि हट्ने क्रममा रहेको छ।

उनलाई बेच्न जर्मन डर्टमन्ड क्लब तयार रहेको छ तर उनको लागि डर्टमन्डले £१०० मिलियन सम्म माग्ने छ र धेरै क्लबको नजर उनी माथि रहेको कारण सो रकम बढ्न पनि सक्ने छ र सो रकम तिर्न रियल तयार रहेको बेला लिभरपुल प्रतिस्पर्धा गर्न अनिच्छुक बनेको हो।

युवा मिडफिल्डर जुड बेलिङ्घमले हाल सम्म जर्मन क्लबको लागि १२४ खेल खेल्दै २० गोल र २४ असिस्ट गरेका छन्।

२०२०मा बर्मिंघम सिटीबाट जर्मन क्लब बोरुसिया डर्टमन्डमा पुगेका थिए र उनको खेल निकै राम्रो रहेको छ। डर्टमन्डमा केही समय भित्रनै युवा स्टारले आफूलाई डर्टमन्डको एक महत्त्वपूर्ण खेलाडीको रूपमा स्थापित गरेका छन्।

१९ वर्षका युवा स्टारको नाम रियल म्याड्रिड, लिभरपुल, चेल्सी र म्यान सिटी सहित म्यानचेस्टर युनाइटेड सँग पनि जोडिने गरेको छ। रिपोर्ट अनुसार जुड बेलिङ्घमको विकल्पको रुपमा वुल्भ्सका म्याथियस नुनेस माथि लिभरपुलको नजर छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ