लिभरपुलले भित्र्यायो गाक्पो, म्यान्चेस्टर युनाइटेड जिल्ल

इङलिस क्लब लिभरपुलले डच स्टार कोडि गाक्पो भित्र्याएका छन् ।

डच क्लब पिएसभीका विङ्गर गाक्पोले लिभरपुलसंग लामो सम्झौता गर्ने भएका छन् ।

लिभरपुलले उनी भित्र्याउन भारी रकम खर्चेका छन्, £३७ मिलियन जुन £५० मिलियन सम्म पुग्न सक्नेछ ।

२३ वर्षिय खेलाडी गत समर म्यान्चेस्टर युनाइटेडको वैकल्पिक रोजाइका खेलाडी थिए, युनाइटेडले आफ्नो प्रथम रोजाइका खेलाडी आयाक्सबाट एन्टोनी खरिद गरेपछि गाक्पो भित्र्याउने अवसर खेरफालेको थियो ।

गाक्पो युनाइटेड जान निकै आतुर रहेपनि क्लबले कुनै औपचारिक प्रस्ताव भने राखेको थिएन ।

यद्यपि, गाक्पो जो स्ट्राइकर पोजिसनमा पनि खेल्छन्, पुर्न म्यान्चेस्टर युनाइटेडको नीग्रानीमा रहेको थियो ।

क्लबका स्टार क्रीस्टियानो रोनाल्डोले क्लब छाडेपछि युनाइटेड स्ट्राइकरको खोजीमा छन् । विश्व कपमा गाक्पोले स्ट्राइकर पोजिसनमा निकै राम्रो प्रदर्सन गरेका थिए ।

तर, गाक्पो भित्र्याउने दौड लिभरपुलले जितेको छ ।

इङलिस क्लब लिड्स, साउथह्याम्प्टन र म्यान्चेस्टर युनाइटेड उनी भित्र्याउन इच्छुक रहेको थियो ।