लिभरपुलले बेच्यो आफ्नो आट्याकर प्रिमियर लिग प्रतिद्वन्द्वीलाई

इङ्लिस क्लब साउथह्याम्टनले लिभरपुलका जापानी अट्याकिङ मिडफिल्डर ताकुमी मिनामिनोलाई अनुबन्धित गरेको छ ।

साउथह्याम्टनले २६ वर्षीय मिडफिल्डरलाई आउदो समर सम्मका लागि लोनमा अनुबन्ध गरेको हो । लिभरपुलमा पहिलो रोजाईमा पर्न असफल भएपछि मिनामिनोले अन्य क्लब रोजेको हो ।

उनले डिसेम्बर १९ यता मात्रै लिभरपुलबाट ६ मिनेट खेलेका छन् । मिनामिनो २०१९ डिसेम्वरमा ७.२५ मिलियन पाउन्डमा अष्ट्रियन क्लब आरबी साल्जवर्गबाट लिभरपुलमा आएका थिए । तर, उनले लिभरपुल आएदेखि नै पहिलो रोजाईमा पर्न निकै सङ्घर्ष गरिरहेको छ ।

डिसेम्बरमा क्रिस्टल प्यालेसमाथि ७–० को जित निकालेको खेलपछि उनी पहिलो रोजाईमा पर्न असफल हुँदा निकै तनावमा रहेका थिए । उनले लिभरपुलबाट हालसम्म ३० खेल खेल्दा ४ गोल गरेका छन् ।