लिभरपुलले बनायो नयाँ क्लब रेकर्ड- छैटौँ लगातार होम हार

साबिकको लिग विजेता लिभरपुलको यो सिजन खराब फम अझै जारी रहेको छ। आइतबार प्रिमियर लिगमा रेलिगेशन जोनमा रहेको फुलह्याम विरुद्ध १-०को हार पछि लिभरपुलको यो छैटौँ लगातार होम हार हो।

यो भन्दा अघि चेल्सी सँगको १-०को हार पछि लिभरपुलले लगातार ५ होम हारको रेकर्ड बनाएको थियो जुन लिभरपुलको  १२९ वर्षको क्लब इतिहासमा पहिलो पटक भएको थियो भने सो रेकर्डमा लिभरपुलको थप एक हारको साथ नयाँ रेकर्ड बनाएको छ र लिभरपुलको छैटौँ लगातार होम हारमा पुगेको छ।

जनवरीमा बर्नले सँगको १-०को हार पछि लिभरपुलले लगातार आफ्नो होममा हारको सामना गरेको छ।

बर्नले सँगको हार पछि लिभरपुल ब्राइटन सँग १-०ले, म्यान सिटी सँग ४-१ले, एभरटन संग २-०ले र चेल्सी सँग १-०ले र हाल फुलह्याम संग १-०ले हारेको हो।

चेल्सी सँगको हार पछि १२९ वर्षको क्लब इतिहासमा पहिलो पटक लिभरपुलले लगातार ५ होम खेल हारेको थियो भने फुलह्याम सँगको हार पछि हाल लिभरपुलको छैटौँ लगातार होम हार रहेको छ। खेलमा भएको एक मात्र गोल ४५औ मिनेटमा फुल्ह्यामका मारियो लेमिनोले गरेका थिए। हार पछि लिभरपुल ४३ अङ्क जोडेर सातौँ स्थानमा रहेको छ।