लिभरपुलले नया इब्राहिमोभिच भनिएका इसाकलाई भित्र्याउन प्रयास गर्ने

एजेन्सी, लिभरपुलले आफ्नो नजर स्विडिस स्ट्राइकर अलेक्सन्डर इसाकमा पारेका छन। उनलाइ रोबर्टो फर्मिनोको दीर्घकालीन बिकल्पका रुपमा प्रशिक्षक क्लोपले हेरेको छ।

फर्मिनो लिभरपुलका लागि प्रभावशाली प्रदशनका साथै अन्य दुई विङ्गर माने र सालाहसंग राम्रो साझेदारी बनाएको छ।

उनको सम्झौता सकिन दुई बर्ष बाकी रहेको छ। आउदो अक्टोबरमा उमेरले ३० लाग्दै छ। बिगत चार बर्षमा उनको गोल संख्या क्रमिक रुपमा ओरालो लागेको देखिन्छ।

गत सिजन ब्राजिलियन फरवार्डले ४८ खेलमा ९ गोल गरे।

एक्स्प्रेशका अनुसार क्लोपले इसाकलाई अनुबन्ध गर्न चाहेका छन। युवा इसाकसंग शारीरिक तथा बलसंग तिब्र गतिमा ड्रिबल गर्ने क्षमता रहेको छ।

सन २०१७ मा स्वेडेन क्लब एआइकेबाट डर्ट्मुण्ड गएका थिए। जर्मन क्लबमा खासै प्रभाव पार्न नसके पछि उनी ला लिगा क्लब रियल सोसियाड्याड आएका हुन।

२१ बर्षिय युवा स्ट्राइकरले गत सिजन ला लिगामा ३४ खेलमा १७ गोल गरेका थिए। उनलाइ युरोपका ठुला क्लबले नजरमा परिसकेका छन।