लिभरपुलले नयाँ स्ट्राइकर भित्र्याउन सक्ने

लिभरपुलले आगामी ट्रान्सफर विन्डोमा डिभाक ओरिगीलाई गुमाउन सक्ने देखिएता पनि एउटा नयाँ स्त्राइकर भित्र्याउन सक्ने देखिन्छ। उक्ति खेलाडी हुन् पि.एस.भिका डोनयेल मालेन । २२ वर्षका डच खेलाडी मालेनले यो सिजन पि.एस.भिका लागी ४२ खेलमा २५ गोल गरि सकेका छन् ।
युभेन्तस र बार्सिलोना पनि उनलाई भित्र्याउन इच्छुक भएता पनि लिभरपुल उनलाई भित्र्याउने दौडमा आगाडी देखिन्छ। रिपोर्टका अनुसार उन्को मूल्य २५ मिलियन पाउन्ड रहेको छ। उनी २०२४ सम्मका लागि पि.एस.भिसंँग अनुबन्धित रहेता पनि उनी अर्को सिजन लिभरपुलमा खेल्न सक्ने सम्भावना रहेकोे छ।
उनी बेलायती फूटबलसँग अनभिग्य भने छैनन्। उनि कुनै समयमा आर्सनलको युवा टोलिसंँग आवद्ध थिए। लिभरपुलसंँग रोबर्टो फिर्मिन्यो, दियोगो जोटा जस्ता खेलाडी रहेकोे हुँदा मालेनले उपयुक्त खेल समय भने नपाउन सक्छन्।