लिभरपुलले दियो म्यान्चेस्टर सिटीलाई झटका

च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलले म्यानचेस्टर सिटीमाथि ३-० को जित निकालेको छ ।
लिभरपुलले आफ्नै घरेलु मैदानमा सिटीलाई ३-० ले पराजित गर्दै क्वाटरफाइनलको पहिलो लिगमा ३-० अग्रता लिएको छ ।
लिभरपुलको जितमा मोहमद सलाह, एलेक्स अक्स्लाड चाम्बरलिन र साडियो मानेले गोल गरेका थिए ।
लिभरपुलले तिनै गोल खेलको पहिलो हाफमा गरेको थियो ।खेलको १२औ मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको २०औ मिनेटमा चाम्बरलिनले गोल गर्दै अग्रता दोब्बर बनाए । 
खेलको ३१औ मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलमा कुनै गोल भएन र खेल लिभरपुलले ३-० ले जित्यो ।
लिभरपुल आफ्नो घरेलु मैदानमा खेलेका युरोपियन प्रतिष्पर्धामा अक्टोबर २०१४ देखि अपराजित रहेको छ । अहिलेसम्म खेलेका कुल १५ खेलमा १० मा जित र ५ खेल बराबरी रहेका छन् ।
यस खेलमा म्यानचेस्टर सिटीले लिभरपुलको पोष्टमा एक सात पनि सिधै हानेर गोलको प्रयास गर्न सकेको थिएन । सिटीले २०१६ पछि पहिलो पटक बिना कुनै सट गोल पोस्टमा हानि खेल सकाएको छ ।
त्यस्तै लिभरपुलले यस सिजनको च्याम्पियन्स लिगमा सबैभन्दा बढी ३१ गोल गरेको छ ।