लिभरपुलले भित्र्यायो जापानीज खेलाडी

इङलिस प्रेमिएर लिगका लिग लिडर लिभरपुलले जापानीज अट्याकर तकुमी मिनामिनो भित्र्याएको छ ।

लिभरपुल इकोका अनुसार उनको हिजो लिभरपुलमा मेडिकल रहेको थियो ।

लिभरपुलले £७.२५ मिलियनमा मिनामिनोलाई भित्र्याउन रेड बुल साल्जबुर्गसंग सम्झौता भएको हो ।

यी जापानीज खेलाडी लिभरपुलमा जनवरीमा ट्रान्सफर मार्केट खुल्ला भएपछि जनवरी १ मा आउने भएको छ ।

केही महिना अगाडि भएको च्याम्पियन्स लिगको समूह चरणको खेलमा लिभरपुलबिरुद्ध मिनामिनोले एक गोल र एक असिस्ट पनि गरेका थिए, तर उनको क्लब साल्जबुर्ग ४-३ ले पराजित भएको थियो ।

मिनामिनोले यस सिजन अस्ट्रियाका क्लब साल्जबुर्गमा २२ खेल खेल्दा ९ गोल गरेका छन ।