एजेन्सी, इङलिस क्लब लिभरपुलले स्पेनिश क्लब अट्लेटिको मड्रिडका मिड्फिल्डर सौल निगेजका लागि प्रस्ताव गरेका छन्। रिपोर्टका अनुसार लिभरपुलले निगेजका लागि अट्लेटिको मड्रिड समक्ष ४० मिलियन युरो र आफ्नो खेलाडी जेर्डन शकिरीको प्रस्ताव गरेका हुन्।
अट्लेटिको मड्रिडले निगेजको मुल्य करिब ५० मिलियन युरो तोकेको भनिएको छ। लिभरपुलका साथसाथै अर्का इङलिस क्लब म्यान्चेस्टर युनाइटेड पनि निगेज भित्र्याउन इच्छुक भनिएका छन्। यस अघि बार्सिलोना र अट्लेटिको मड्रिड बिच निगेज पठाइ हाल बार्सिलोनाका खेलाडी ग्रिज्म्यान पुनः अट्लेटिको मड्रिडमा अनुबन्ध हुने योजना तीब्र गतिले अगाडी बढेता पनि उक्त सम्झौता नहुने भनिएको छ।
२६ वर्षका स्पेनिश मिड्फिल्डर सौल निगेजले अट्लेटिको मड्रिडका लागि ३३७ खेल खेली सकेका छन्। हालै लिभरपुलका मिड्फिल्डर जिनि वाइनाल्डम फ्रेन्च क्लब पि.एस.जिमा अनुबन्ध भएकाले पनि लिभरपुल मिड्फिल्डरको खोजीमा देखिन्छन्।