लिभरपुलले आर बि लेप्जिगको स्टार डिफेन्डर भित्र्याउने

एजेन्सी, इंग्लिस क्लब लिभरपुलले आरबि लेप्जिगको युवा डिफेन्डर इब्राहिमा कोनाटे भित्र्याउने सम्भावना बदेको छ।

यस सिजन लिभरपुलका नियमित डेफेन्डरहरु भर्जिल भ्यान डाइक र जो गिमेज घाइते भए पछि गत सिजनको लयमा फर्कन असफल रहयो।

डि एट्लेटिकका अनुसार लिभरपुलले आफ्नो स्क्वाड मजबुत पार्न कोनाटेलाई भित्र्याउन लागिएको हो।