लिभरपुलले आफ्नो ५ खेलाडी बेच्ने

प्रिमियर लिग क्लब लिभरपुलले यस ट्रान्सफर विन्डोमा आफ्नो पाँच खेलाडीहरू बेच्ने खबर छ र उक्त बिक्रीबाट आएको रकम लिभरपुलले नयाँ खेलाडी साइन गर्नेमा प्रयोग गर्ने जानकारी छ।

हाल लिभरपुल ट्रान्सफर विन्डोमा धेरै सक्रिय रहेको छैन। रेड्सले इब्राहिमा कोनाटे साइन गरे पछि ट्रान्सफर विन्डोमा लिभरपुलको केही निष्क्रियता रहेको थियो भने हाल खबर अनुसार लिभरपुलले आफ्नो ५ खेलाडीहरू बिक्री गर्दै ट्रान्सफर विन्डोमा आफ्नो उपस्थिति देखाउने छ।

लिभरपुलले आफ्नो ५-६ खेलाडीहरूको बिक्रीबाट £६०-७० मिलियन जम्मा गर्ने योजना बनाएको छ र उक्त सुचीमा डिवोक ओरिजी, जर्दान शकिरी, नाट फिलिप्स, ह्यारी विल्सन, र नेको विलियम्स रहेका छन्।

उक्त ५ खेलाडीहरूको बिक्रीबाट नयाँ खेलाडी साइन गर्न रकम जुटाउने रेड्सको योजना रहेको छ। केही समय ट्रान्सफर विन्डोमा सक्रिय नरहे पनि हाल लिभरपुलको नाम केही खेलाडीहरू सँग जोडिन सुरु भएको छ र ट्रान्सफर विन्डोमा खर्च गर्न लिभरपुलले रकम भने आफ्नो खेलाडीको बिक्रीबाट जम्मा गर्ने देखिन्छ।