लिभरपुलका कोच यर्गन क्लोपले आफ्ना खेलाडीहरूलाई अन्तर्राष्ट्रिय ड्युटीमा जान अनुमति नदिने योजना बनाएको खबर छ – यदि खेलाडीहरू अन्तर्राष्ट्रिय ड्युटीबाट फर्किने क्रममा १० क्वारेनटाइनमा बस्न पर्ने नियम रहे लिभरपुलले आफ्नो खेलाडीहरूलाई राष्ट्रिय टिमको लागि खेल्नबाट रोक्न कुरा छ छ।
Jurgen Klopp bans Liverpool players from international duty if they require quarantine | @MaddockMirrorhttps://t.co/srJY6bDqs6 pic.twitter.com/k3bqSXqPKz
— Mirror Football (@MirrorFootball) March 3, 2021
मार्चमा प्रिमियर लिगमा अन्तर्राष्ट्रिय खेलको कारण ब्रेक हुने छ। यद्यपि विदेशमा गएका खेलाडीहरू फर्किए पछि १० क्वारेनटाइनमा गर्नु पर्ने नियम हुन सक्ने खबर छ, खेलाडीहरू आफ्नो सम्बन्धित क्लबहरू सँग प्रशिक्षण र खेलहरू पुनः सुरु गर्न १० क्वारेनटाइनमा बस्न पर्ने नियमको चर्चा छ।
हाल लिभरपुलका कोच सो कुराबाट खुसी छैनन् र सो नियम लागु हुने भए आफ्नो खेलाडीहरूलाई राष्ट्रिय टिमको खेलहरू खेल्नबाट रोक्ने क्लोपले सङ्केत गरे।
Liverpool boss Jurgen Klopp may not allow players to travel to international matches later this month if there is a chance they have to quarantine on their return ❌ pic.twitter.com/WqUOfnSNmu
— Sky Sports News (@SkySportsNews) March 3, 2021
“मलाई लाग्छ कि सबै जना सहमत छन् हामी हाम्रो खेलाडीहरूलाई आफ्नो देशको लागि खेल्न जान दिन सक्दैनौ, खेलाडीहरू फर्केर आए पछि १० दिनसम्म होटेलमा क्वारेनटाइनमा बस्न पर्ने, हामी यो गर्न सक्दैनौ,” क्लोपले पत्रकारहरूलाई भने।