लिभरपुललाई हराउदै म्यान्चेस्टर सिटीले जित्यो उपाधी

ईंग्लिश प्रीमिएर लिग च्याम्पियन म्यान्चेस्टर सिटीले च्याम्पियनस लिग बिजेता लिभरपुललाई पेनाल्टी सुटआउटमा हराउदै कम्युनिटी शिल्डको उपाधी जितेको छ ।

खेलमा पहिलो हाफको १२ औं मिनेटमा रहिम स्टर्लिङले आफ्नो पुर्व क्लब लिभरपुल विरुद्ध गोल गरेका थिए ।

दोस्रो हाफको ७७ औं मिनेटमा लिभरपुलका माटिपले गोल गर्दै खेल बराबरीमा ल्याए ।

९० मिनेटमा खेल १-१ को बराबरी भए पछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा म्यान्चेस्टर सिटीले लिभरपुललाई ५-४ ले हराएको हो ।