लिभरपुललाई रोक्न असम्भव छ- पेप गुवाडीयोला

म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप गुवादियोलाको अनुसार लिभरपुलले लिग जित्न नयाँ खतराको सामना गर्नुपर्ने हुन्छ।

लिभरपूलले पछिल्ला ५२ प्रेमिएर लिग खेलमा मात्र १ खेलमा पराजय बेहोरेको छ। त्यस्तै ३० खेलमा अपराजित रहदै आएको छ।

चेल्सीबिरुद्धको खेल पछि उन्ले लिभरपुललाई जित्न असम्भव रहेको प्रतिकृया दिए।

“मलाई लाग्छ कि हामी अघिल्लो सिजन र जारी सिजनमा खेल्ने शैलीमा खासै परिवर्तन छैन। तर लिगमा एउटा यस्तो टोली छ जस्लाई रोक्न गाह्रो र उत्कृष्ट लयमा देखिन्छ,” उनले भने।

“उनीहरु युरोपको च्याम्पियन हो, तर हामी नोभेम्बरमा छौं।

“मलाई थाहा छ अन्त सम्म त्यहाँ पुग्न हामीले खेलहरूको अविश्वसनीय नतिजा ल्याउनु पर्छ तर मलाई लाग्छ यो ठूलो गल्ती हुनेछ यदि तपाइँ धेरै पछिको सोच्नुहुन्छ।”