लिभरपुललाई काउटिन्हो फिर्ता दिने बार्सिलोनाको प्रस्ताव

LIVERPOOL, ENGLAND - SEPTEMBER 13: Liverpool player Phillippe Coutinho in action during the UEFA Champions League group E match between Liverpool FC and Sevilla FC at Anfield on September 13, 2017 in Liverpool, United Kingdom. (Photo by Stu Forster/Getty Images)

फिलिप काउटिन्होलाई बार्सिलोनाले आउँदो गर्मीमा बेच्ने खबर छ भने बार्सिलोना मिडफील्डरलाई लिभरपुलमा फिर्ता गर्ने प्रस्ताव गर्ने खबर छ। मिडफिल्डर जनवरी २०१८मा ला लिगामा आफ्नो सपनाको क्लबमा पुगे तर बार्सामा उनको समय सोचेको जस्तो रहेन भने उनले चोटबाट सँग धेरै सङ्घर्ष गरे।

बार्साले काउटिन्होलाई €१६० मिलियनमा साइन गरेको थियो भने क्लबमा उनले खेलेको समय अनुसार बार्साले लिभरपुललाई थप रकम तिर्न पर्ने सम्झौता रहेको थियो र सो सम्झौता अनुसार हाल बार्साले लिभरपुललाई €५० मिलियन तिर्न पर्ने बाँकी रहेको खबर छ।

हालको आर्थिक अवस्थाको कारण बार्सालाई ठुलो खर्च गर्न गाह्रो हुने छ भने लिभरपुललाई €५० मिलियन तिर्न बार्सा अनिच्छुक रहेको देखिन्छ। खबर अनुसार उक्त रकम तिर्न सट्टा लिभरपुललाई काउटिन्हो फिर्ता दिने बार्सिलोनाको प्रस्ताव हुने छ।


२८ वर्षका काउटिन्हो बार्सा छोड्न तयार रहेको पनि कुरा छ भने उनलाई साइन गर्न आर्सनल र स्पर्स जस्ता क्लब इच्छुक रहेको चर्चा हुँदै गर्दा लिभरपुललाई सित्तैमामा काउटिन्हो फिर्ता दिने बार्सिलोनाको योजना छ जसको कारण बार्साले €५० मिलियन तिर्न पर्ने हुने छैन।