लिभरपुलमा स्टार मिडफिल्डर भित्राउन क्लोप इच्छुक

प्रिमियर लिग क्लब लिभरपुल लिग वान क्लब लियोनका स्टार मिडफिल्डर हौसेम आउर साइन गर्न इच्छुक रहेको खबर छ। यो ट्रान्सफर विन्डोमा लियोन हौसेम आउरलाई बेच्न खुल्ला हुने भए पछि केही प्रिमियर लिग क्लबहरूको नजर उनी माथि रहेको छ।

उनलाई साइन गर्न आर्सनल पनि इच्छुक रहेको छ भने गत वर्ष उनको लागि गनर्सले प्रस्ताव पनि पठाएको थियो जुन लियोनले अस्वीकार गरेको थियो भने हाल यो ट्रान्सफर विन्डो उनलाई लियोनले बेच्ने खबर छ भने आर्सनल सँगै लिभरपुल र टोटनह्यामको नजर पनि उनी माथि रहेको जानकारी छ।

उनको लागि लियोनले €२५ मिलियन सम्म माग्ने खबर छ र लिभरपुलका कोच योर्गेन क्लोप उनलाई साइन गर्न इच्छुक रहेको जानकारी छ। २३ वर्षका स्टारको लागि लियोनले गत वर्ष €६० मिलियन सम्मको माग गर्दै गरेको थियो भने हाल लियोनले उनलाई €२५ मिलियनमा बेच्ने रिपोर्ट छ।

गत ट्रान्सफर विन्डोमा ला लिगा क्लब रियल म्याड्रिडले पनि उनलाई साइन गर्न प्रयास गरेको थियो भने हाल खबर अनुसार उनको गन्तव्य प्रिमियर लिग हुन सक्ने सम्भावना धेरै छ।