“लिभरपुलमा कुनै घमन्डी खेलाडी छैन”

लिभरपुलका नयाँ सेन्टर ब्याक इब्राहिमा कोनाटेले लिभरपुलको ड्रेसिङ रुममा कुनै घमन्डी खेलाडी नरहेको दाबी गरेका छन्। फ्रेन्च खेलाडी यही वर्ष आरबी लाइपजिगबाट लिभरपुलमा आएका थिए र उनी क्लबको टिमबाट भित्र र बाहिर हुँदै आएका छन्।

कोनाटेले लिभरपुलमा आफ्नो जीवनको अनुभव’bout बोलेका छन् भने आफ्नो नयाँ टिम मेटहरु बिच कुनै समस्या नरहेको बताएका छन्।

“म यहाँ आउन पाउँदा धेरै खुसी छु,” कोनाटेले क्लबको वेबसाइटसँगको अन्तर्वार्तामा भने।

“जब हामी ड्रेसिङ रुममा हुन्छौँ, हामी सबैलाई माया गर्छौँ, र मलाई लाग्छ कि हामीसँग घमन्डी खेलाडीहरू छैनन्, ‘घमन्ड’ त्यो यहाँ छैन, र मलाई यो मन पर्छ।”

फ्रेन्च युवा डिफेन्डर आरबी लाइपजिगबाट २०२१को गर्मीको ट्रान्सफर विन्डोमा लिभरपुलमा आएका थिए भने हाल सम्म लिभरपुलको लागि उनले ७ खेल खेलेका छन्।