“लिभरपुलको सामना गर्न म डराएको थिएँ”

लिभरपुल विरुद्धको जितमा फुलह्यामको लागि गोल गरेका मिडफिल्डर मारियो लेमिना जित सँग धेरै खुसी छन्। रेलिगेसन जोनमा रहेको फुलह्यामले लिभरपुल विरुद्ध १-०को जित हासिल गरेको थियो र सो खेलको एक मात्र गोल मारियो लेमिनाले गरेका थिए।

खेलमा जित पछि उनले भने: “हामी खुसी छौँ। हामी यस समयमा सङ्घर्ष गर्दैछौं र यो लिगमा तल स्थानमा हुन गाह्रो छ तर हामी अझै पनि हाम्रो गुणस्तरमा विश्वास गर्छौँ र हामीले पहिलो हाफमा देखायौँ कि हामी एक ठुलो विपक्षीसँग खेल्न सक्छौँ र दोस्रो भागमा हामीले राम्रो चरित्र देखायो। यो हाम्रोलागि तीन वटा राम्रो बिन्दु हो।

“म झुटो कुरा गर्न सक्दिन, खेल अघि म डराएको थिए किनभने उनीहरूले खेलहरू जित्नु पर्ने दबाबमा थिए। तर मलाई आफ्नो टिममा विश्वास थियो। हामीले राम्रो खेलेका छौ र यो लिगमा रहन योग्य छौ भनेर देखाएका छौ।

“यो भन्दा अघिको खेलमा मैले ठुलो, ठुलो मौका गुमाए र म स्कोर गर्न सक्छु भन्न चाहन्छु। यो राम्रो गोल हो किनकि हामीले खेल जित्यौँ।