लिभरपुलको सहज जित

एजेन्सी, प्रिमिएर लिग अन्तर्गत हिजो राती भएको खेलमा लिभरपुल विजय भएको छ। घरेलु मैदान एन्फिल्डमा खिलिएको उक्त खेलमा साउथ्ह्यम्प्टनलाई २-० गोल अन्तरले पराजय गरेको हो।

लिभरपुललाई जित दिलाउन माने र थियागोले एक एक गोल गरे। बायर्न म्युनिखबाट लिभरपुल आए पछि थियागो यो पहिलो गोल रहेको छ।

लिभरपुलले पहिलो हाफ नियन्त्रण गर्न सफल रह्यो। मानेले खेलको १० औं मिनेटमा गरेको प्रहार पोस्टबाट बाहिरियो। १९ औं मिनेटमा सालाहको प्रहार विपक्षी किपर फोर्स्टरले बचाए। २५ औं मिनेटमा जोटाको प्रहारलाई किपर फोर्स्टरले बचाउ गर्दा लिभरपुलले अग्रता लिनबाट चुक्यो। खेलको ३१ औं मिनेटमा सालाहको क्रसलाई मानेले हेड गर्दै गोल गर्यो। त्येस पछि पहिलो हाफ १-० गोलले सकेको थियो।

दोश्रो हाफमा पनि लिभ,त्येतिकै आक्रमक देखिए। ५० औं मिनेटमा जोटाको प्रहारलाई फोर्स्टरले बचाए। ७० औ मिनेटमा ओबाफेमीको प्रहारलाई लिभरपुलका किपर एलिसनले उत्कृष्ट बचाउ गरे। ८१ औं मिनेटमा मानेको गोललाई अफसाइड दिदा अग्रता दोब्बर बनाउनबाट चुक्यो। खेलको ८९ औं मिनेटमा बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका फर्मिनोको पासमा डि बकस बाहिरबाट थियागोले गोल गर्न सफल रह्यो।

यो जितसंगै लिभरपुल तालिकामा छैठो स्थानमा उक्लेको छ। साउथ्ह्याम्प्टन भने १६ स्थानमा रहेको छ।