लिभरपुलको संघषपुण जित

एजेन्सी, इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी भएको छ ।

सोमबार राति भएको खेलमा लिभरपुलले वुल्भ्सलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

जीतसँगै लिभरपुल ४६ अंकका साथ तालिकाको छैटौं स्थानमा छ भने उल्भ्स ३५ अंकका साथ १३ औं स्थानमा रहेको छ ।

वुल्भ्सको मैदानमा लिभरपुललाई जित दिलाउन पहिलो हाफको अतिरिक्त दोस्रो मिनेटमा डिएगो जोटाले गोल गरेका थिए ।

प्रिमियर लिगको तालिकामा म्यानचेस्टर सिटी ७१ अंकका साथ शीर्ष स्थानमा रहँदा म्यानचेस्टर युनाइटेड ५७ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।