लिभरपुलको शान्दार जित

एजेन्सी । एफए कप अन्तर्गतको पाचौं चरणका खेलमा लिभरपुलले जित दर्ता गरेको छ । लिभरपुलले शुबरी टाउनलाई ४-१ गोलले हराएको हो ।

एक गोलको पछि परेको अवस्थालाई उल्ट्याउदै जित हात पार्न सफल रह्यो ।

खेलको २७ औं मिनेटमा ओग्बेटेको पासमा उडोहले गोल गर्दै शुबरी टाउनलाई अप्रत्याशित अग्रता दिलाए ।

शुबरी टाउनले अग्रता धेरै बेर टिकाउन सकेनन् । लिभरपुलका केइड गोर्डनले ब्राड्लीको पासमा गोल गर्दै १-१ को नतिजामा ल्याए ।

पहिलो हाफ सकिन लाग्दा फाबिन्होले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे ।

त्यस्तै, ७८ औं मिनेटमा वैकल्पिक खेलाडिका रुपमा मैदान प्रवेश गरेका फिर्मिन्होले कोनाटेको पासमा गोल गर्दै ३-१ को स्तिथीमा ल्याए ।

खेलको अतिरिक्त समयमा फाबिन्होले व्यक्तिगत दोश्रो तथा टिमका लागि चौथो गोल गर्दै नतिजा ४-१ मा पुराए ।

यस जितसंगै लिभरपुल चौथो चरणमा प्रवेश गरेको छ ।