इङलिस प्रेमिएर लिग अन्तर्गत लिभरपुलले नयाँ वर्षको पहिलो खेलमा हार बेहोरेको छ ।
गएराती सम्पन्न खेलमा ब्रेन्टफोर्डले लिभरपुललाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
ब्रेन्टफोर्डको जितमा योआने विसा र ब्रायन एम्बेउमोले एक एक गोल गरेका थिए भने लिभरपुलका इब्राहिम कोन्टेले एक गोल आत्मघाती गोल गरेका थिए ।
त्यस्तै लिभरपुलका लागि एलेक्स च्याम्बरलिनले एक गोल गरेका थिए ।
यो ब्रेन्टफोर्डले अहिलेसम्मको इतिहासमा लिभरपुलमाथि पहिलो जित हासिल गरेको हो ।
यो लिभरपुलको यस सिजनमा पाँचौं हार हो । यो खेलपछि लिभरपुलको १७ खेलमा २८ अंक रहेको छ र लिगमा छैटौं स्थानमा रहेको छ ।
त्यस्तै ब्रेन्टफोर्डको यो जितपछि १८ खेलमा २६ अंक भएको छ र लिगमा सातौ स्थानमा उक्लिएको छ ।