लिभरपुलको म्यान्चेस्टर सिटी माथी रोमाञ्चक जित

इङलिस प्रेमिएर लिगमा लिभरपुलले म्यान्चेस्टर सिटी माथि जित दर्ता गरेको छ ।

खेलमा लिभरपुलले छैठौं मिनेटमा फाबिन्होको गोलबाट अग्रता लिन सफल भयो ।

त्यसपछि १३ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनायो ।

दोस्रो हाफको ५१ औं मिनेटमा मानेले गोल गर्दै ३-० बनायो ।

७८ औं मिनेटमा बर्नार्डो सिल्भाले म्यान्चेस्टर सिटीका लागि गोल गरे र खेल ३-१ मा ल्याएको हो ।

जित संगै लिभरपुल शीर्ष स्थानमा ३४ पोइन्टका साथ रहेको छ भने म्यान्चेस्टर सिटी २५ पोइन्टका साथ चौथौ स्थानमा झरेको छ ।