लिभरपुलको प्रि-सिजन सुरु

एजेन्सी, लिभरपुलको प्रि-सिजन प्रशिक्षण सुरु भएको छ। क्लबले अष्ट्रियामा प्रशिक्षण गर्ने भएको हो। गत सिजन अधिकांश खेल गुमाए भ्यान ड्याइक, जोएल म्याटिप, जो गोमेज प्रशिक्षणमा फर्कने छन।

त्यस्तै, क्लबको नया खेलाडी इब्राहिमा कोनाटे पनि टोलिसंग अष्ट्रिया प्रस्थान गर्ने छ। लिभरपुल जुलाइ १२ तारिखमा त्यस तर्फ प्रस्थान गर्ने छन।

भ्यान ड्याइकले अक्टोबर तथा गोमेज नोभेम्बर देखि खेलका छैनन्। कोपा अमेरिका र युरोमा सामेल खेलाडीहरु भने टोलिमा फर्कने छैनन्।

कोनाटेले आफ्नो नया टोलिबाट पहिलो पल्ट प्रशिक्षण गर्दैछ। त्यस्तै, ट्रेन्ट एलेक्ज्यान्डर आर्नल्ड पनि टोलिमा फर्केका छन। उनले युरो कप ह्याम्स्ट्रिङका कारण गुमाउन पुगेका थिए।

लिभरपुलका प्रशिक्षक क्लोपले एकेडेमीका ११ जना युवा खेलाडीलाई पनि प्रि-सिजन टोलिमा समावेश गरेका छन।