लिभरपुलको पुनरागमन जित, अपराजित यात्रा कायमै

इङलिश प्रिमियर लिगमा लिभरपुलले जित हासिल गरेको छ ।

गए राती सम्पन्न खेलमा लिभरपुलले वेस्टह्याम युनाइटेडलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुललाई जिताउन २-२ गोलको अवस्थामा साडियो मानेले खेलको ८१ औ मिनेटमा निर्णायक गोल गरेका थिए । यस अघि लिभरपुलले खेलको नवौ मिनेटमा जर्जिनियो विजनाल्डम र खेलको ६८ औ मिनेटमा मोहमद सालाहले गोल गरेका थिए ।

त्यस्तै वेस्टह्यामका लागि खेलको १२ औ मिनेटमा इस्सा डियोपले र खेलको ५४ औ मिनेटमा पाबियो फोर्नाल्सले एक एक गोल गरेका थिए ।

यो जितपछि लिभरपुल प्रिमियर लिगमा २७ खेलमा ७९ अंक सहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको सिटी भन्दा २२ अंकले अगाडी रहेको छ । अब लिगमा ११ खेल खेल्न बाँकी हुदा लिभरपुल यस सिजनको लिग उपाधिबाट चार जित टाढा रहेको छ ।

यस सिजनमा अपराजित रहेको लिभरपुलले २७ खेलमा २६ खेल जितेको छ भने एक खेल बराबरी खेलेको छ ।