लिभरपुलको नापोली संग हार

च्याम्पियन्स लिगमा इटालियन क्लब अन्तर्गत बुधबार राती नेपोलीले घरेलु मैदानमा लिभरपुललाई पराजित गरेको छ । नेपोलीको जितमा लोरेन्जो इन्सिनेले अन्तिम मिनेटमा गोल गरेका थिए ।

हारपछि लिभरपुल प्रशिक्षक योर्गेन क्लोपले टोली आफ्नै गल्तीका कारण पराजय भोग्न बाध्य भएको बताए । दोस्रो हाफमा पूर्ण दबाब कायम गरेको नेपालीका लागि मिडफिल्डर ड्रीज मर्टेन्सको प्रहार क्रसबारमा लागेर फर्केको थियो ।

फाबियन रुइज र अर्काडिउस्ज मिलिकको प्रहार पनि लिभरपुल गोलरक्षक एलिसन बेकरले विफल तुल्याएका थिए ।
‘हामी आफ्नै गल्तीले पराजित भयौं । अधिकांश समय खेलाडीहरुले अथक मिहिनेत गरे । उनीहरुले आफ्नो सक्दो प्रयास गरेका हुन्,’ उनले भने, ‘ तर खेल दौरान कुनै समय उचित निर्णय लिन नसक्दा नतिजा हाम्रो पक्षमा आएन ।

फुटबलमा निर्णय उचित नहुँदा नतिजा यस्तै हुन्छ ।’ लिभरपुलले पनि गोल गर्ने अवसर पाएको थियो । तर साडियो माने, मोहमद सलाहलगायतले पाएको मौकाको सदुपयोग गर्न नसक्दा अन्तिम मिनेटको गोलसँगै खालि हात फर्कनुपर्यो ।

लिभरपुलले खेल अवधिभर नेपोलीको पोस्टमा एउटा पनि प्रहार गर्न सकेन । पछिल्लोपटक बेन्फिकाविरुद्ध सन् २००६ फेब्रुअरीमा पनि लिभरपुल १-० ले हार्दा पोस्टमा आक्रमण गर्न सकेको थिएन । च्याम्पियन्स लिग अन्तर्गत खेलमा नेपालीले घरेलु मैदानमा १३ खेल खेल्दा ९ जित, २ हार र २ बराबरी खेलेको छ ।