लिभरपुलको डोट्मुन्डसंग हार

लिभरपुलले प्री सिजन खेलमा पहिलो हार भोगेको छ ।

बोरुसिया डोट्मुन्ड संग भएको खेलमा लिभरपुल ३-२ ले हारेको हो ।

सुरुवात मै बोरुसिया डोट्मुन्डले अग्रता लिएको थियो । खेलको ३ मिनेटमा अल्कासरले गोल गरेका थिए । त्यस्तै ३५ मिनेटमा लिभरपुलका विल्सनले गोल गर्दै खेल बराबरीमा ल्यायो ।

दोस्रो हाफको ५३ मिनेटमा डोट्मुन्डका डिलानेले गोल गर्दै पुर्न अग्रता दिलाए । ५८ मिनेटमा डोट्मुन्डका लार्सेनले गोल गर्दै ३-१ को अग्रता लिए । ७५ मिनेटमा लिभरपुलका ब्रीउस्टरले पेनाल्टीमा गोल गरे ।

त्यसपछि कुनै गोल भएन र डोट्मुन्डले ३-२ को जित हात पार्न सफल भयो ।